नियम १५
नियम १४ पालना गरी दर्ता भएका समाचार पत्रपत्रिकाको एक प्रतिभन्दा बढी भएको प्याकेट निम्न बमोजिम शर्त पालन गरेमा सहुलियत दरमा हुलाकद्वारा चलान हुन सक्नेछ
–
(क) प्रत्येक प्याकेटमा उही मितिको उही रजिष्टरी नम्बर भएको समाचार पत्रपत्रिका मात्र हुनु पर्छ,
(ख) छुट्टा छुट्टै दर्ता भएका समाचार पत्रपत्रिकाको प्याकेटको सम्बन्धमा पनि नियम १४ को उपनियम (१) को खण्ड (घ) अनुसार हुनु पर्नेछ,
(ग) प्याकेटमा स्थानीय एजेन्टको नाम तथा ठेगान मात्र लेखिएको हुनु पर्छ । यस्ता एजेन्टको नाम शुरू हुलाकमा पहिले नै प्रेषकले सूचित गर्नु पर्छ ।
(घ) यस्तो प्याकेट स्थानीय एजेन्टको घरमा गै डेलिभरी गरिने छैन । यस्तो प्याकेट स्थानीय एजेन्ट वा निजबाट अधिकृत कुनै व्यक्तिलाई हुलाकमा नै डेलिभरी गरिनेछ,
(ङ) “हुलाक” मै डेलिभेरी गर्ने भन्ने कुरा प्रेषकले प्याकेटमा जनाउनु पर्नेछ ।